mero sathi tv

टोलटोलमा हिन्दी गीत बज्नु सिमा मिचिनु भन्दा खतरनाक: दिपकराज गिरि (भिडियो कुराकानी)

दीपक राज गिरि टेलिभिजनका हास्यकलाकार भएपनि पछिल्लो समयमा नेपाली फिल्ममा मुख्य भूमिकाहरूमा देखिँदै आएका छन्। यस वर्ष सर्वाधिक कमाइ गर्ने अभिनेतामा दीपक राज गिरि आएका छन्। छक्का पन्जाका निर्माता तथा कलाकार गिरिले यस वर्ष शत्रु गतेमा पनि लगानी, पटकथा लेखन तथा अभिनय गरे। छक्का पन्जा र शत्रु गतेले राम्रो व्यापार गरेपछि उनी सबैभन्दा बढी कमाउने अभिनेता बनेका छन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले आफूले सफलतालाई नसम्झने बरु सङ्घर्ष सम्झिने बताए।  ‘तपाईंसफलतालाई सम्झी राख्नु भयो भने नयाँ चीज दिन सक्नुहुन्न,’ उनले भने, ‘तपाईंले हिजो के गर्नु भयो बिर्सनुस्। ‘

अन्तर्वार्ताको क्रममा उनले टोलटोलमा हिन्दी गीत बज्नु भनेको सिमा मिचिएको भन्दा खतरनाक हो  भने। प्रस्तुत छ भिडियो कुराकानी।

Leave A Reply

Your email address will not be published.