mero sathi tv

हातले खाना खाँदा शरीरलाई हुने फाइदाहरु यस्ता छन्

समय परिवर्तन सँगै मानिसहरु खाने तरिका पनी परिवर्तन गर्दै गइरहेका छन् । मानिसहरु खाना खाँदा अचेल हातको प्रयोग गर्दैनन् । प्राय मानिसहरु चम्चाले खाना खाने गर्छन् । यदि सफा हातले खान खाने हो भने हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । त्यसैले हातले खाना मुसेर खाने गर्नुपर्छ ।

हातले खाना खाँदा शरीरलाई हुने फाइदाहरु यस्ता छन् :

१) विभिन्न अध्ययनले हातले खाना मुसेर खाने गरेमा हाम्रो शरीरको पाचन तत्व सन्तुलन रहने देखाएको छ ।

२) हातले खाना खाँदा हाम्रो औँलाहरु एक आपसमा मिल्ने गर्छन् । यसले एक मुन्द्रा बन्छ र शरीरमा उर्जा उत्पन्न हुने काम हुन्छ ।

३) चम्चाले खाँदा चम्चामा विभिन्न किटाणुहरु हुन सक्छन् । तर खाना खानु अघि हात राम्रोसँग धोएर खाने गरेमा विभिन्न प्रकारका किटाणुको संक्रमणबाट बच्न सकिन्छ ।

४) हातले खाना खाँदा खानको तापक्रम हामी महसुस गर्न सक्छौं । यसले गर्दा हामी खानाले हाम्रो जिब्रो वा मुख पोल्छ कि पोल्दैन भनेर सजिलै थाहा पाउन सक्छौं ।

५) जब हामी हातले खाना खान्छौं हातको स्पर्शले हाम्रो हात , मुख , पेट र दिमाग बीच एक प्रकारको सम्बन्ध बन्छ । यसले कुपोषितबाट बचाउँछ ।

Leave A Reply

Your email address will not be published.