mero sathi tv

सोनमको विवाह स्विट्जरल्याण्डमा हुँदै

बलिउडका कलकारका विवाहको लगन धमाधम जुर्न थालेको छ । एक तर्फ बाट हेर्दा होडबाजी नै चलेको भन्दा फरन नपर्ने जस्तो देखिन्छ । यस्तै होडबाजिमा अव पालो आएको छ सोनम कपुरको । सोनम कपुरको विवाहलाई लिएर केही दिनदेखि चलिरहेको चर्चा अब फाइनल मितिमा परिणत भएको छ। स्पटब्याइ बेवसाइटका अनुसार सोनम आफ्ना व्यापारी ब्याइफ्रेण्ड आनन्द आहुजासँग मे महिनाको दोस्रो हप्तामा विवाह गर्ने भएकी छन्। उनीहरुको विवाह स्विट्जरल्याण्डमा हुने भएको छ।

भारतीय संचारमाध्यमका अनुसार विवाहका लागि शपिङ गरिसकिएको छ। जहाजको टिकट पनि बुक भइसकेको छ। र, मे महिनाको पहिलो हप्ता सबै नातेदार विवाहमा सहभागी हुन स्ट्विजरल्याण्ड पुग्दैछन्।

यसअघि सोनम भारतकै जोधपुर वा उदयपुरमा विवाह गर्ने तयारीमा रहेको समाचार सार्वजनिक भएको थियो। तर अब उनको विवाह स्विट्जरल्याण्डमा हुने पक्का भएको हो। स्विटजरल्याण्डमा हुने विवाहलाई त्यहाँको सरकारले पनि चासो व्यक्त गरेको छ। संचारमाध्यमका अनुसार सोनमको विवाहकालागि लेहेंगा फेशन डिजाइनर संदीप खोसलाले तयार गर्ने भएका छन्।

Leave A Reply

Your email address will not be published.