mero sathi tv

श्रीमती माइत गएको बेला १३ बर्षिया छोरीलाई बाबुले गरे बलात्कार

,नवलपरासीको गैडाकोट नगरपालिकामा डेरा गरि बस्दै आएका एक परिवारमा सौतेली बाबुबाट १३ बर्षिया बालिका रन्जना (नाम परिवर्तन )बलात्कृत भएको खुल्न आएको छ ।

रन्जना (नाम परिवर्तन )लाइ लामो समय देखि उनका सौतेली बाबुले शरीरको बिभिन्न भागमा छुने र जबर्जस्ति प्रयास गर्दै आएका थिए तर पिडित बालिकाले कसैलाई भनेकी थिइन्नन् राजन आफ्नै पिता नभए पनि रन्जनाले बोल्न सुरुगर्दा देखि उनलाई नै पिता सम्बोधन गरेकी थिइन् ।

पहिलो पतिले रक्सि खाएर कुटपिट गर्ने गरेकोले रन्जनाकि आमा ले दोस्रो बिबाह गरेकी थिइन् रन्जना २ बर्षको हुदा उनकी आमाले राजन संग बिबाह गरेकी हुन् । राजन संग बिबाह पश्चात उनको १ छोरी र १ छोरा भए ।रन्जना कि ९ बर्षिया बहिनि र रन्जना संगै सुत्थे ।

फागुन ८ गते बालिका कि आमा माइत गएको बेला राति आफ्नै बाबुले दिदिलाइ पल्लो कोठामा लगेर जबर्जस्ति गरेको ९ बर्षिया सानी छोरीले देखेको बताइन् ।उनले भनिन् “दिदिको माथी बाबा सुत्नु भएको थियो र दिदि रुदा एक झापड हानेर मुख थुन्नुभयो मैले देखेपछी बाबाले कसैलाई भने मार्दिन्छु भन्नु भयो “ बालिकाले न्युज २४ संग  बताइन् ।

रन्जनाकि आमा माइतबाट आउदा रन्जना बिरामी र रोइरहेको देखेपछी उनकी बहिनिले आमालाइ सबैकुरा बताएकी थिइन् “आफ्नो छोरीलाइ आफ्नै पतिले बलात्कार गरेको थाहा पाए पछी चुप बस्न सकिन र प्रहरीमा उजुरी दिएकी हु”रन्जनाकी  आमाले न्युज २४ संग बताइन् ।रन्जनालाई उपचार पश्चात केहि ठिक  भए पनि महिनावारी समेत सुरु नभएको उनलाई   तल्लो पेट दुख्ने र पानी बग्ने समस्या  देखिएको छ घटना पछि उनि टोलाउने र  मानसिक रुपमा समेत विछिप्त छिन्  ।

रंजनाकी आमा हाल आङ्ग खस्ने समस्याबाट पिडित छिन आफ्नै छोरीलाई बलात्कार गरेर पति जेल गएपछि अब  जीविकोपार्जन कसरी गर्ने भन्ने पिरलो परेको छ उनलाई यतिखेर । घटना भएको ३ दिन  पछि  फागुन ११ गते रन्जनाकी  आमाले उजुरी दिए पछी बालिकाको बाबु ३६ बर्षिया राजनलाई प्रहरीले पक्राउ  गरेको  छ ।

 

Leave A Reply

Your email address will not be published.