mero sathi tv

जेल जीवन भोगेका १० बलिउड कलाकार

हालै बलिउड स्टार सलमान खान दुर्लभ कृष्णसार सिकार आरोपमा पक्राउ परी जेल चलान  भई धरौटीमा छुटेका छन् ।बलिउडका थुप्रै अभिनेता तथा अभिनेत्री छन्  जो जेल बसिसकेका छन्  ।

धेरैजसो चर्चित अभिनेता र अभिनेत्रीले जान वा अन्जानमा गलत गरि  प्रहरीको हिरासत तथा जेलमा बस्नु परेको घटनाहरु छन् ।त्यस्तै अभिनेता सञ्जय दत्तले सन १९९३ को बम काण्डमा मुछिएको कारण  पाँच वर्ष जेल बस्नुपरेको थियो ।

अक्षय कुमारले पनि दुई दिन जेलमा कैदीका रूपमा बस्नुपरेको थियो । एउटा फेसन सोमा ¥याम्पमा हिँड्ने क्रममा पाइन्टको चेन खोलेर अभद्र व्यवहार गर्दै नारीको अपहेलना गरेको प्रकरणमा उनी थुनामा परेका थिए ।

अभिनेता गोविन्दले सन् २००७ मा फिल्म ‘मनी है तो हनी है’को प्रचार प्रसारका क्रममा एक जना प्रशंसकलाई गालामा थप्पड हानेका कारण उनले पनि दुई दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।

गोविन्दकै भतिज एवं अभिनेता साइनी आहुजा पनि केही महिना जेल परेका थिए । घरमा काम गर्ने युवतीमाथि शारीरिक शोषण गरेको आरोपमा साइनी जेल जानु परेको हो ।

अभिनेता जोन अब्राहमले सन् २००६ मा आफ्नो गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । सो प्रकरणमा जोनले पनि केही समय जेल जीवन बिताउनुपरेको थियो ।

मुम्बईको बसाबी होटलमा एक व्यवसायीमाथि हातपात गरेको प्रकरणमा अभिनेता सैफ अली खानले पनि केही दिन जेलमा बस्नुप¥यो ।

अभिनेता राजपाल यादवले गत वर्ष ऋण प्रकरणमा १० दिन जेल जीवन बिताउनुप¥यो । ५ करोड रुपैयाँ ऋण नतिरेको प्रकरणमा दिल्ली उच्च न्यायालयको फैसलापछि १० दिन जेल बसेर त्यो ऋण तिरेपछि उनले मुक्ति पाए ।

केही वर्षअघि लागूऔषधसहित प्रक्राउ परेका अभिनेता फरदिन खानले पाँच दिन जेलमा बिताउनुप¥यो । त्यसपछि उनलाई प्रहरीले पुनस्र्थापना केन्द्रमा उपचारका लागिपठाएको थियो ।

प्रेमिकालाई यौन दुराचार गरेको प्रकरणमा सन् २०१४ मा अभिनेता इन्द्रकुमारलाई प्रहरीले पक्राउ गरेर केही दिन थुनामा राखेको थियो ।

Leave A Reply

Your email address will not be published.