mero sathi tv

नियमित मन्दिर जानुहोस्, यस्ता घातक रोगबाट बचिनेछ

हामीमध्ये यस्ता धेरै व्यक्ति हुन्छन्, जो दिनको शुरुवात पूजा–पाठबाट गर्छन् । व्यस्त जीवनशैलीका कारण मन्दिर जान नपाए पनि धेरैले आफ्नै घरमा पूजाकोठा तथा सानो मन्दिर बनाएका हुन्छन् ।

घरमा मन्दिर हुँदा सकरात्मक ऊर्जाको सञ्चार हुन्छ । जो परिवारका लागि पनि राम्रो मानिन्छ । तर घरमा भन्दा पनि बाहिरको (ठूलो) मन्दिर जाँदा धार्मिक दृष्टिकोणले मात्र हैन, वैज्ञानिक दृष्टिकोणले पनि फाइदाजनक हुन्छ ।

सायद तपाईलाई जानकारी नहुन सक्छ कि, मन्दिर जानु तपाईको स्वास्थ्यका लागि धेरै फाइदाजनक सावित हुन्छ ।

ब्लड प्रेशरमा असर
मन्दिरभित्र नाङ्गो (खाली) खुट्टाले प्रवेश गर्नाले त्यहाँको सकरात्मक उर्जा हाम्रो खुट्टाको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । खाली खुट्टाले हिँड्दा खुट्टामा रहेको प्रेशर प्वाइन्ट्समा दवाब पर्छ । जसकारण उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) नियन्त्रणमा आउँछ ।

नियमित मन्दिर जाँदा मुटुका रोगीलाई समेत फाइदा पुग्छ । मन्दिरको शीतल वातावरणले आत्मविश्वास बढाउँछ ।

एकाग्रता बढ्छ
मन्दिर जानाले तपाईमा एकाग्रता बढ्छ । मन्दिरको वातावरणले शान्त रहने तथा आक्रोश कम हुने हुन्छ । यस्तै निधारमा चन्दन लगाउनाले पनि दिमाग शान्त हुन्छ ।

ऊर्जाको स्तर बढ्छ
वैज्ञानिक अध्ययनबाट यो पत्ता लागेको छ कि, मन्दिरमा गएर घण्टी बजाउँदा मानिसमा सकरात्मक ऊर्जाको स्तर बढ्छ । एकचोटी घण्टी बजाउँदा ७ सेकेण्डसम्म त्यसको आवाज हाम्रो कानमा गुन्जिन्छ । त्यस दौरान शरीरमा शान्ति मिल्ने ७ प्वाइन्ट पनि सक्रिय हुन्छन् । जसले हाम्रो शरीरमा इनर्जी लेभल बढाउँछ ।

तनावबाट मुक्तिका लागि
मन्दिरको शान्त वातावरण र शंखको आवाजले हामीलाई मानसिक रुपमा शान्ति र सकरात्मक शक्ति प्राप्त हुन्छ । यसले तनाव दूर गर्छ ।

राम्रो निद्रा आउँछ
मन्दिर जानाले तपाईको मनमा आउने अनावश्यक सोचहरु हट्छन् । मन शान्त हुन्छ । जसकारण राति सुत्दा पनि राम्रो निद्रा आउँछ ।

Leave A Reply

Your email address will not be published.