mero sathi tv

महिलाहरूको महिनावारी समस्यामा अत्यन्त उपयोगी हुन्छ अदुवा, जान्नुहोस् अन्य ७ फाइदा

जाडोमा अदुवा हरेक घरमा प्रयोग गरिन्छ । यसले खानाको स्वाद बढाउनुको साथै रुघाखोकी, ज्वरोको समस्याबाट छुटकारा पाउनका लागि पनि यसको प्रयोग गर्ने गरिन्छ । अधिकांश मानिस यसको कमै फाइदाको बारेमा जानकारी राख्ने गर्दछन् । तर जाडोमा अदुवाको सेवनले यस्ता फाइदा पनि हुन्छन, जसको जानकारी राखी तपाई आश्चर्य पर्न सक्नुहुन्छ । अदुवाको विशेषता यो हुन्छ कि तपाई यसलाई कुनै पनि रूपमा खान सक्नुहुन्छ । चाहे यसलाई सुख्खा खानुहोस् या अचारको रूपमा या कुनै सब्जीमा मिलाएर यसको फाइदा लिन सकिन्छ । अदुवाको सेवनले हुने ७ यस्ता फाईदाको बारेमा चर्चा गरिएको छ, जसको तपाईलाई अझै पनि जानकारी नहुन सक्छ ।

१-महिनावारीको दुखाई कम गर्छ

एक सोधमा यो सावित भएको छ कि महिलाहरूमा महिनावारीको अवधिमा हुने दुखाईलाई अदुवाको सेवनले कम गर्छ । अधिकांश महिलाहरूले दुखाई कम गर्नको लागि औषधि लिन्छन् तर अदुवाले पनि एकदम औषधिको रूपमा काम गर्छ र विशेष कुरा यो छ कि यसबाट कुनै साइड इफेक्ट्स पनि हुँदैन ।

२-दाँतको दुखाई कम गर्छ

काँचो अदुवा चपाउँदा दाँतको दुखाईलाई तुरुन्त कम गर्न सकिन्छ । यसमा एन्टी ब्याक्टेरियल एन्जाइम हुन्छ, जो सलाइभालाई स्टिम्यूलेट गर्छ । यसको सेवनले दुखाई र सूजन दुवै कम हुन्छ ।

३-बोसो कम गर्छ

अदुवा बोसो कम गर्नका लागि पनि अत्यन्त उपयोगी हुन्छ । यसले मेटाबोलिज्मलाई तीव्र गर्छ । मेटाबोलिज्म तीव्र हुँदा बोसो कम हुन्छ । यसले डाइजेशनलाई सुधार्नुको साथै शरीरलाई पातलो राख्छ ।

४-टोक्सिन्सलाई बाहिर निकाल्छ

अदुवाको सेवन गर्नाले शरीरबाट टोक्सिन्सलाई पसिनाको रूपमा बाहिर निकाल्छ । यदि तपाई यसलाई नियमित खानुहुन्छ भने यो हल्का पसिनाको रूपमा शरीरबाट निस्किन्छ ।

५-रक्तसंचारमा सुधार ल्याउँछ

काँचो अदुवाको ५ सानो स्लाइसबाट तपाईलाई जिंक, म्याग्नेशियम, पोटाशियम र क्रोमियम मिल्छ । यी सबै साथमा मिलेर रक्तसंचारलाई सन्तुलित बनाउँछ । यसले मुटुलाई पनि स्वस्थ राख्छ ।

६-रक्तचाप सामान्य राख्छ

हाइपरटेन्शन र हाई ब्लड प्रेशर कार्डियक डिसिजको लागि खतरा बन्छ । यो प्रमाणित भैसकेको छ कि अदुवा ब्लड प्रेशरलाई कम गर्छ । यसको नियमित सेवनले हाइ ब्लड प्रेशर समान्य रहन्छ ।

७-चिसो र फ्लूलाई टाढा राख्छ

अदुवामा भिटामिन सी हुन्छ, जो इम्यूनिटीलाई राम्रो बनाउँछ । अदुवाको सेवनले चिसो र फ्लू मा सबैभन्दा राम्रो काम गर्छ । अदुवाको टुक्रालाई पानीमा उमालेर पिउँदा चिसो र फ्लू नष्ट हुन्छ । यसले घाँटीको दुखाई पनि कम गर्छ ।

Leave A Reply

Your email address will not be published.