mero sathi tv

एउटा तस्वीर, जुन खिचेपछि फोटोग्राफरले आत्महत्या गरे

दृष्यहरु सबै राम्रा वा नराम्रा हुँदैनन् । तर, कतिपय तस्वीरले जीवनमा यति गहिरो छाप छोड्छन् कि त्यो नराम्रो र दर्दनाकसमेत हुने गर्दछ ।

जसलाई जति नै भूल्न खोजे पनि सम्भव हुँदैन । यस्तै भएको थियो चर्चित फोटो पत्रकार केभिन कार्टरका साथ पनि । दक्षिण अफ्रिकन फोटो पत्रकार कार्टरले मार्च १९९३ मा दक्षिण सुडान पुगेर यो फोटोसूट गरेका थिए । तर, यो फोटोसूट उनको जीवनको अन्तिम फोटोसूट थियो । किनभने दक्षिण सुडानको दर्दनाक अवस्था देखेर उनी यतिधेरै दुःखी भएकी तीन महिनापछि नए कार्टरले आत्महतया गरे ।

जब उनको पहिला छापिएको तस्वीरलाई पुलिटजर पुरस्कार जितायो । यो पुरस्कार पाएको तीन महिनामै उनले आत्महत्या गरे । यो तस्वीर दक्षिण सुडानमा भोकमरीको सामना गरिरहेकी एक बालिकाको हो ।

तस्वीरमा बालिका पूरै मृत्युसँग जुझिरहेकी छन् । उनलाई एउटा गिद्धले लखेटिरहेको थियो । केभिनले लेखेका छन्–उनले २० मिनेटसम्म गिद्ध उड्ने प्रतिक्षा गरे । तर जब गिद्ध उडेन तब उनले फोटो क्लिक गरे । केभिनले यो मात्र होइन, अन्य धेरै दर्दनाक तस्वीर आफ्नो क्यामेरामा कैद गरेका थिए ।

Leave A Reply

Your email address will not be published.