mero sathi tv

मेस्सीको टिम बार्सिलोनाले कुनै जादु चलाउन नसकेपछि रोमाले चखायो हारको स्वाद, बार्सिलोना ३–० ले पराजित

इटालियन क्लब रोमा युरोपियनद्धारा पूर्व च्याम्पियन बार्सिलोना पराजित भएको छ । इटालियन क्लब रोमाले बार्सिलोनालाई
३–० को हारको स्वाद चखाउँदै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा ४–१ को जित निकालेर बलियो स्थितीमा रहेको बार्सिलोना दोस्रो लेगमा रोमाको मैदानमा ३–० ले पराजित भएपछि उसलाई कडा धक्का लागेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको रोमाका लागी इडेन जेको, डेनिली डी, कोस्टास मानोलासले गोल गरेका थिए ।

खेलमा मेस्सीको टिमले कुनै जादु चलाउन सकेन । पहिलो लेगमा भारी गोलले पछि परेर पनि उत्कृष्ट कमब्याक गर्ने रोमा गएरातीको जितसँगै तेस्रो टिम बनेको छ ।

Leave A Reply

Your email address will not be published.