mero sathi tv

मलिना जोशीको पहिरनले बारम्बार धोका दिएपछि… (भिडियो)

विकास बस्यालको निर्देशनमा बनेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत मङ्गलवार सार्वजनिक भएको छ । असार ८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ‘तिम्रो हर सास मा’ बोलको गीत बुद्धा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत हिजो सार्वजनिक भएको हो ।

मङ्गलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचर गरिएको छ । फिरोज बस्नेत र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । रामशरण उप्रेतीको छायाँकन रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा मलिना र मनिषका साथमा वर्षा सिवाकोटी, स्वरुप पुरुष ढकाल लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । गीत सार्वजनिक कार्यक्रममा मलिनाले गीत झैँ चलचित्र पनि राम्रो बनेको बताइन् ।

साथै मलिनाले आफ्नो र अनुपसँगको ब्रेकअपको बारेमा पनि बोलिन्। तर मलिनाले यस कार्यक्रममा सहज रुपले भने बस्न सकिनन्। कारण हो उनको पहिरन। उनले लगाएको वन पिसले उनलाई धोका दियो। उनी बारम्बार आफ्नो पहिरन मिलाउँदै गरेका तस्वीर यस भिडियोमा कैद भएको छ।

 

Leave A Reply

Your email address will not be published.