mero sathi tv

माग्नेबुढा ४२ वर्ष लागे, दुई वर्षअघि परेका थिए डिप्रेसनमा

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ आजबाट ४२ वर्ष लागेका छन् । फेसबुकमा हिजै जन्मदिन देखाएकाले उनलाई हिजैदेखि शुभकामनाको ओइरो लागिरहेको छ ।

पछिल्लो समय चलचित्र र स्टेज कार्यक्रममा ब्यस्त घिमिरे चलचित्र ‘रामकहानी’ मा दश लाख पारिश्रमिक लिएको विषयले चर्चामा आए । दिनेश डिसी निर्देशित चलचित्र ‘छ एकान छ’ बाट फिचर फिल्ममा डेब्यु गरेका घिमिरेले वडा नम्बर ६, छक्का पञ्जा र छक्का पञ्जा-२ मा पनि अभिनय गरेका छन् ।

सन्तोष पन्त निर्देशित टेलिश्रृङ्खला ‘हिजो आजका कुरा’ बाट अभिनय सुरु गरेका घिमिरेले गीताञ्जली, तीतो सत्य, लोकलहरी लगायतमा काम गरे । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा माग्नेबुढाको क्यारेक्टरबाट उनी आम दर्शकमाझ चिनिए । पछिल्लो समय विल्सन विक्रम राईसँगको सहकार्यमा युट्युबमा ‘खासखुस’ नामक सिरियल निर्देशन गरेका छन् ।

घिमिरेकी श्रीमती सीता पनि अहिले अभियनमा सक्रिय छिन् । श्रीमानकै प्रेरणाले सीता अभिनयमा लागेकी हुन् । उनीहरुको ०५६ मा विवाह भएको थियो । केदारले कोर्ट म्यारिज गर्न आग्रह गर्दा ससुराबाले नमानेपछि बज्रबाराही मन्दिरमा परम्परागत शैलिमा विवाह गरेका थिए ।

केदार घिमिरे भन्यो भने कतिपय दर्शकले नचिन्न पनि सक्छन् । तर, माग्ने बुढा भनेपछि जसले पनि चिन्छन् । ‘माग्ने बुढा’ भन्ने क्यारेक्टर उनी आफैंले बनाएका थिए । मोहन मिश्रको ‘आम्मै’ भन्ने सिरियलका लागि केदारले तीन भागको स्त्रिmप्ट लेखेर दिएका थिए, त्यसमा माग्नेबुढाको क्यारेक्टर थियो । तर, मिश्रले उक्त स्त्रिmप्टमा सिरियल बनाएनन् । पछि घिमिरे आफैंले बनाए माग्ने बुढा क्यारेक्टर राखेर ।

माग्ने बुढा दुई वर्ष अगाडि डिप्रेसनबाट पिडित बनेका थिए । उनको आन्द्राको एक पत्र किराले खाएपछि लामो समय बेड रेस्टमा बस्नु परेको थियो । त्यही रोग उनको डिप्रसनको कारण बनेको थियो । डिप्रेसनबाट बाहिर निस्केपछि उनी झन् तगडा भएका छन् ।

Leave A Reply

Your email address will not be published.