mero sathi tv

भर्खरै अल्जेरियामा आर्मीको विमान दुर्घटना, २५७ जनाको मृत्यु अझै मृतकको संख्या बढ्ने ! जलिरहेको बिमानबाट यसरि निकालिदै छ शव हेर्नुहोस (भिडियोसहित)

अल्जेरियामा भएको विमान दुर्घटनामा कम्तीमा २५७  जनाको मृत्यु भएको छ। बुधबार बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको थियो।

बुधबार बिहान अल्जेरियाको बैउफरिक सैन्य विमानस्थलमा विमान दुर्घटना भएको बीबीसीले जनाएको छ। मृतककाे स‌ंख्या अझ बढ्न सक्ने बीबीसीले जनाएकाे छ। केही व्यक्तिको उद्दार गरिएको छ। मृतकसंख्या अझै बढ्न सक्ने जनाइएको छ।

दुर्घटनास्थलमा ३०० भन्दा बढी उद्दारकर्ता काम गरिरहेको बताइएको छ। स्थानीय टेलिभिजनहरुले यात्रुको शव बोरामा राखिएको दृश्य प्रसारण गरेका छन्।

विमानमा करिब ३  सय सैनिक सवार रहेको बताइएको छ।

इल्युसिन आइआइ–७६ विमान दुर्घटनापछि धुवाँको मुस्लो उडेको तस्वीर अल्जेरियाली सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्।

सो विमान दक्षिण–पश्चिमी अल्जेरियाको बेचारतर्फ उडेको थियो।

अल्जेरियाको उत्तरी भागमा रहेको बुफारिक राजधानी अल्जियर्सबाट करिब ३० किलोमिटर टाढा भूमध्यसागर नजिकै पर्दछ।

Leave A Reply

Your email address will not be published.