mero sathi tv

फिल्म ‘जात्रा’को सिक्वेल घोषणा, नाम जुर्यो ‘जात्रै जात्रा’

२०७३ सालको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने भएको छ । सिक्वेलको घोषणा गर्दै फिल्मको नाम ‘जात्रै जात्रा’ हुने भएको छ ।

फिल्मलाई जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने छन् भने फिल्मको निर्माण कलाकार रविन्द्र सिंह बानियाँले गर्ने भएका छन् ।

फिल्म फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को फागुन १७ गतेलाई तय गरिएको छ । फिल्मको कथा निर्देशक भट्टराईले नै लेख्ने छन् ।

भट्टराई निर्देशित नयाँ फिल्म ‘शत्रु गते’ अहिलेपनि एकपछि अर्को रेकर्ड बनाउँदै प्रदर्शन भइरहेको छ ।

असार अन्तिमबाट उक्त फिल्मको छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।

‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका पुरानै कलाकारहरु दोहोरिने छन् भने केही नयाँ कलाकारको पनि इन्ट्री हुने बताइएको छ ।

फिल्म ‘जात्रा’जहाँबाट अन्त्य भएको थियो त्यहिबाट ‘जात्रै जात्रा’कथा सुरु हुने निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.