mero sathi tv

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनु भएको छ ।

४ सय ५६ मेगावाटको आयोजना निरीक्षण गर्न आज दोलखाको लामाबगर पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक चार करोड घाटा हुने भन्दै समयमा नै काम सक्नुपर्नेमा जोड दिनुभएको हो । कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिन आग्रह गर्नुभएका प्रधानमन्त्री ओलीले प्रगति विवरण सिधै आफूलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो । आयोजना २०७५ सालको पुसमा पूरा हुने लक्ष्य राखिएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने प्रधानमन्त्रीलाई हाइड्रो मेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनीको ढिलाई, भूकम्प, नाकाबन्दी, विष्फोटक पदार्थको आपूर्तिमा भएको विलम्ब र डिजाईनको त्रुटिका कारण निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताउनु भएको थियो । २०६७ सालदेखि निर्माण सुरु भएको आयोजनाको ९४ दशमलव शुन्य चार प्रतिशत काम सम्पन्न हुँदा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

Leave A Reply

Your email address will not be published.