mero sathi tv

गोर्खाली बालक विशाल शर्माले जिते सुपर डान्स-२ प्रतियोगिता !

प्रजाशक्ति समाचार : गुवाहाटी | सोनी इन्टरटेनमेन्ट टेलिविजनको नृत्य रियलिटी सोको सुपर डान्सर प्रतियोगिताको दोस्रो संस्करणमा असमका गोर्खा सन्तान विशाल शर्माले हासिल गरेका छन् ।

शनिवार राती सम्पन्न भएको भव्य कार्यक्रममा असमको जोरहाटका शिशु विशाल शर्मालाई विजेता घोषित गरिएको हो ।विशाल थिए एकजना अत्यन्त सजीव |

प्रदर्शनकारी र जजहरूको मन जीतेर उनले शत प्रतिशत शक्ति प्रयोग गरेर आफ्नो नृत्य प्रदर्शन गरेका थिए । उनका प्रत्येक नृत्यले प्रतियोगिताको मञ्चमा हुण्डरी मच्चाएको थियो।

सुपर डान्सर -२ | को विजेता बनेर विशालले नगद १५ लाख रुपियाँका साथै एउटा ट्रफी प्राप्त गरेका छन् । उनका ‘सुपर गुरू’ले नगद ५ लाख रुपियाँ प्राप्त गरे।

प्रतियोगिताको फाइनल समारोहमा रितिक दिवाकेर, वैष्णवी प्रजापति, अकाश थापा र विशालका बीचमा भिडन्त भएको थियो । दससालका रितिक दिवाकरले जज शिल्पा सेट्टी, गीता कपूर र अनुराग बसुलाई पनि प्रभावित गरेका थिए ।

त्यसैगरी देहरादूनका आकाश थापाले उनको सम्पूर्ण नृत्यशैलीले दर्शकको मन जितेका थिए ।

जोरहाट जिल्लाको गडमुर जातीय विद्यालयका सात कक्षाका विद्यार्थी विशालले २०१७ सनको अगस्तबाटै दर्शहरूलाई मन्त्रामुग्ध पार्दै आएका थिए र यो प्रतियोगितामा पनि शक्तिशाली प्रतियोगीका रूपमा मान्यता पाइसकेका थिए।

विशालका आबाबुबाका तीनवटा सन्तान छन् र उनीहरू दुईवटा गाई पालेर जीवन गुजार्दै आएका छन् । कुनै सुरतमा संसार चलाइरहेका उनीहरूको परिवार ऋणग्रस्त पनि छ भन्ने थाहा लागेको छ । विशालाको यस जीतले गोर्खाहरूको गौवं बढ़ाउनुका साथै परिवारमा पनि आशाको किरण बढेको छ। | 

Leave A Reply

Your email address will not be published.