mero sathi tv

के तपाईले सपनामा सर्प त देख्नु भएको छैन् नि ? पढ्नुस् सपनामा सर्प देखिनु राम्रो कि नराम्रो

सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ । अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ।सर्प यौन को संकेत हो । सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ । केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन । यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ तीबिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ ।

आध्यात्मिक शक्ति वृद्धि
केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ । सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ । सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले । सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाइ गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ ।
डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।

Leave A Reply

Your email address will not be published.