mero sathi tv

को हुन् मिस नेपाल विजेता श्रृंखला ? १२ तस्वीरमा हेर्नुस्

‘मिस नेपाल– २०१८’ को उपाधि हेटौडा स्थायी घर भएकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी छन् ।

बुधबार साँझ काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनि मिस नेपाल घोषित भएकी हुन । उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रुपमा तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् ।

श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनि मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् । श्रृंखला ५ फिट ६ इञ्चकी छिन् । लेखनमा पनि रुचि भएकी उनले पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन् ।

Leave A Reply

Your email address will not be published.