mero sathi tv

मिस नेपाल प्रतियोगिता चलिरहँदा स्टेजमै प्रतियोगी ढलेपछि… (भिडियो)

द हिडन ट्रेजर मिस नेपाल प्रतियोगिता २०१८ मिस नेपाल प्रतियोगिताको २३औं संस्करण हो जुन सन् २०१८ अप्रिल ११ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भएको हो। मिस नेपाल– २०१८ को उपाधि हेटौडा स्थायी घर भएकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी छन् ।

बुधबार साँझ काठमाडौँको होटल अन्नपूर्णमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल–२०१८ को अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया खतिवडा मिस नेपाल घोषित भएकी हुन। ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए ।

खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड’ निकिता चण्डकले क्राउन पहिर्‍याइदिइन्।  उनले उपाधि जितेसँगै ‘मिसवल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए। प्रतियोगितामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो।

मिस नेपालको प्रतियोगिता हुँदै गर्दा एक प्रतियोगी मञ्चमा नै बेहोस भएर ढलेकी थिइन्। उनी बेहोस भएपछि अन्य केही प्रतियोगी र कार्यक्रमका उद्घोषकले उनलाई मञ्चबाट भित्र लगेका थिए। बेहोस भएको केही समयपछि उनी फेरी प्रतियोगितामा भाग लिएकी थिइन्। हेर्नुहोस् उनी बेहोस भएको बेलाको भिडियो।

 

Leave A Reply

Your email address will not be published.