यस्तो बन्यो ‘तरकारीवाली’को डेब्यु चलचित्र ‘लम्फू’को ट्रेलर (भिडियो)
तरकारीवालीका रुपमा चर्चामा आएकी कुसुम श्रेष्ठको डेब्यु चलचित्र लम्फूको ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रमा तरकारीवाली र नवनायक कबिर खड्काको डेब्यु रहेको छ। कबिर र तरकारीवालीको नामले चर्चित कुशुमसहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ।
गोपालचन्द्र लामिछाने निर्देशित लम्फूमा एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाहरू प्रस्तुत गर्न खोजिएको छ। जसमा प्रेमकथा समेत गौण छ। समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने यो चलचित्रको मुख्य विषयवस्तु रहेको छ।