mero sathi tv

यी हुन् पहिलो फिल्ममै टाइगर श्राफकी हिरोइन बन्न लागेकी चंकी पाण्डेकी छोरी

। बलिउड अभिनेत्रा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे आगामी फिल्म ‘स्टुडेण्ट अफ द इयर २’बाट डेब्यू गर्न लागेकी छिन् । यो फिल्मको बुधबार पोष्टर जारी भएको छ । अनन्याले फिल्ममा टाइगर श्राफसँग रोमान्स गर्नेछिन् । धर्मा प्रोडक्सन्सको ब्यानरमा बन्न लागेको फिल्मका निर्देशक पुनित मल्होत्रा हुन् ।

करण जौहरले निर्माण गर्ने यो फिल्म यही वर्षको नोभेम्बरमा रिलिज हुनेछ । अनन्या बलिउनका चर्चित ‘स्टारकिड्स’मध्ये एक हुन् । अनन्या आफ्नो लुकका कारण चर्चामा रहिरहन्छिन् । उनी सामाजिक संजालमा पनि निकै चर्चित छिन् । उनले डान्स र अभिनयको कोर्स पनि गरिसकेकी छिन् । १८ वर्षकी अनन्यालाई यसअघि सलमान खानले लञ्च गर्ने चर्चा चलिरहेको थियो ।

Leave A Reply

Your email address will not be published.