mero sathi tv

पिनास के कारणले हुन्छ ? हेनुहोस के खाने-के नखाने ? (भिडियो रिपोर्ट)

आज हामी तपाईँहरूलाई पिनास भनेको के हो? पिनास हुँदा के खाने र के नखाने भन्ने बारे जानकारी दिँदैछौँ। पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ।

हामीलाई जब रूघा खोकी लागेर एलर्जी हुन्छ साइनसमा सिगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ। रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुन्छ।

यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बाङ्गिन, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन्।

पिनास हुदाँका लक्षणहरु

पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगातार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखाइरहने गर्छ। नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुँघ्ने शक्तिमा कमी आउँछ। कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ।

टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरू दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन्। पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन्। भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ। थप जानकारीका लागि भिडियो हेर्नुहोस्

 

Leave A Reply

Your email address will not be published.