mero sathi tv

भोलि शुक्रबार बैंक तथा वित्तीय संस्था पूरै दिन खुल्ने

राष्ट्र बैंकले शुक्रबार पनि बैंक तथा वित्तीय संस्था पूरै दिन खोल्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले चैत ३० गते शुक्रबार बैंक तथा वित्तीय संस्थाका कार्यालय पुरा दिन संचालन गर्न निर्देशन दिएको छ । कम्पनीहरुको त्रैमासिक कर तथा विवरण बुझाउने समय भएकोले यो शुक्रबार बैंक तथा वित्तीय संस्थामा आधा विदा नुहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले असोज, पुष, चैत र असार महिनाको २५ गतेपछि शनिबार लगायत अन्य सार्वजनिक बिदा तथा आधा बिदा नहुने नीतिगत ब्यवस्था गरेको हो । जुनसुकै सार्वजनिक विदा परेपनि राजस्व संकलन गर्ने आन्तरिक रास्व कार्यालय, करदाता सेवा कार्यलय, भन्सार कार्यालय, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण बैंकहरु, राजस्व वापत प्राप्त हुने चेक क्लियरिङ गर्ने अन्य बैंक तथा नेपाल क्लियरिङ हाउसलाई भोलि शुक्रबार पूर्णकालिन रुपमा खुला गर्न निर्देशन दिइएको छ ।

Leave A Reply

Your email address will not be published.