mero sathi tv

आँखामा यी समस्या देखिए बुझौं चस्मा प्रयोग गर्नुपर्ने संकेत !

शरीरको महत्वपूर्ण अंग मध्ये आँखा पनि एक हो । आधुनीक जिवनशैली, धुलोधुवाँ, अस्वस्थकर खाना,मोबाईल तथा कम्प्युटरमा धेरै समय बिताउने बानी जस्ता कारणले आँखामा अनेकौं समस्या देखिन सक्छ ।बिस्तारै आँखाको ज्यातीमा कमजोरी हुने र हेर्दा पोल्ने दुख्र्ने आदि समस्या देखिन थाल्छ । यस्तो अवस्थामा चस्माको प्रयोग गर्नुपर्ने पर्छ ।

 

यी समस्या आएमा चिकित्सकको परामर्श एबं  चस्मा प्रयोग गर्नुपर्ने अवस्था हुन्छ –

– किताब पढ्दा, टिभी हेर्दा वा लगातार कम्प्युटरमा काम गर्दा टाउको र आँखा दुख्न सक्छ । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जाँच गर्न पुग्नुपर्छ । यस्तो अवस्थामा चस्माको जरुरत पनि पर्न सक्छ ।

– कतिपयलाई रातको समय आँखामा थकान महसुस हुने, भारी हुनेजस्ता समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आँखालाई चस्माको अवश्यकता परेको हुन सक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

-१० कदम टाढा रहेको व्यक्ति तथा वस्तु चिन्न नसक्ने, झुन्ड्याइएका साइनबोर्ड पढ्न नसक्ने समस्या भएमा पनि चस्माको आवश्यकता पर्न सक्छ ।

-लाइट तथा कुनै वस्तुलाई नजिकबाट हेर्दा धेरै बेर सम्म धब्बा आँखा अगाडी देखिएमा ।

– कतिपयलाई आँखाबाट पानी बग्ने तथा चिलाउने समस्या हुन सक्छ । नियमित यस्तो समस्या भएमा चस्मा लगाउनुपर्छ ।

– चम्किलो लाइट हेर्दा आँखामा पीडा महसुस  भएमा पनि चस्मा प्रयोग गर्नुपर्ने हुन सक्छ ।

– टाढा वा नजिकका वस्तुलाई डबल देख्न थाल्नुभयो भने पनि बुझ्नुपर्छ कि आँखामा समस्या छ । यो आँखाको दृष्टि कमजोर भएको लक्षण हो । यस्तो अवस्थामा पनि चस्मा लगाउनुपर्ने हुन सक्छ ।

त्यस्तै, चस्मा प्रयोग गर्न पर्ने अवस्था भनेको  नहल्ली स्थिर  रहेको बस्तु हेर्दा हल्ले  जस्तो महसुस  पनि एक हो ।

Leave A Reply

Your email address will not be published.