mero sathi tv

यि खानाहरु खाने गर्नु भएको छ भने तपाईलाई क्यान्सर लाग्दैन

क्यान्सर एउटा निकै डरलाग्दो रोग हो । आजसम्म क्यान्सर निको हुने दबाइ पत्ता लगाउन सकिएको छैन । क्यान्सर भनेको शरीरको कोष असन्तुलित रुपमा बढ्नु हो । हरेक वर्ष लाखौं मानिसहरुको मृत्यु क्यान्सर रोगको कारणले हुने गर्दछ । हामी आफै सचेत भयौं भने यो रोग लग्नबाट बच्न सक्छौं । क्यान्सर लाग्नुको कारण विभिन्न हुने गर्दछ । आजसम्म क्यान्सर कसरी लाग्छ भन्ने कुराको अनुमान मात्र गर्न सकिएको छ । वातावरण प्रदुषण , खानाको कारण , काटेको ठाउँ राम्रोसँग निको नहुनु आदि कारणले क्यान्सर लग्नसक्छ । विभिन्न खानेकुराहरुले क्यान्सर रोग लग्नबाट बचाउने गर्दछन् ।

यस्ता विभिन्न खानेकुराहरुले हामीलाई क्यान्सर लग्नबाट बचाउन मद्धत गर्छ :

१) ग्रिन टी : अहिलेको समयमा प्राय मानिसहरुले ग्रिन टीको प्रयोग गर्ने गर्छन् । यो एन्टीअक्शीडेन्टको राम्रो स्रोत भएकाले औषधिको रुपमा यसलाई लिन सकिन्छ । यसमा पलिफेनाल्स र फ्लोभोलाइड्स जस्ता तत्व पाइन्छ जसले शरीरमा प्रसस्त मात्राम एन्टीअक्शीडेन्ट बनाउन मद्धत गर्छ । यसले गर्दा यसको सेवनले क्यान्सर लाग्ने सम्भावना कम हुने गर्छ । हामीले ग्रिन टी प्रयोग गर्दा यो प्राकृतिक ढंगले उत्पादन भएको छ कि छैन ख्याल गर्नुपर्छ ।

२) चेरी : चेरिमा फाइबर , भिटामिन सी र पोटासियम प्रसस्त मात्रामा पाइने गर्छ जसले एन्टीअक्शीडेन्ट बनाउन मद्धत पुर्याउने गर्छ । त्यसैले चेरीको बडी प्रयोगले क्यान्सर रोग लाग्ने सम्भावना कम हुने गर्छ ।

३) ब्रोकाउली : यसमा पाइने ग्लुकोसाइनोलेट्स आइसोथायोसाइनेटस र इन्डोल्समा परिवर्तन हुन्छ । यसले शरीर भित्र सुन्निएका विभिन्न अङ्गहरुमा सुन्निन कमी ल्याउने गर्छ । यसमा पाइने बिटा केरोटिनले असाधारण कौशिकाको विभाजनमा नियन्त्रण गर्छ ।

४) ब्लुबेरी : यस फलमा पाइने एन्टीअक्शीडेन्टले शरीरमा पाइने फ्री रेदिकल्सलाई डीएनमा असर पुर्याउन दिदैन । यसले मुख , स्तन र प्रोस्टेट क्यन्सको कौशिकालाई बढ्न दिदैन ।

५) स्याउ : स्याउमा क्युरेसटिन, एपिकेटेचिन र ट्राइटेरपेनाइत्स जस्ता तत्वमा भरपुर एन्टीअक्शीडेन्ट पाइने गर्छ । फोक्सो , स्तन र पेट क्यान्सरको सम्भावनालाई स्याउको नियमित सेवनले कमी गर्छ ।

६) सुन्तला : सुन्तलाम प्रसस्त भिटामिन सी पाइने गर्छ जसले गर्दा शरीरमा एन्टीअक्शीडेन्ट बडी मात्रामा बन्ने गर्छ र हामीलाई क्यान्सर हुने सम्भावनाबाट बचाउन मद्धत गर्छ ।

७) अनार : अनारमा पाइने इलागिक एसिडले अनावश्यक रुपमा बढ्ने कोषहरुमा कमी ल्याउने गर्छ जसले गर्दा शरीरमा क्यान्सर ल्याउने तत्वको कमी हुने गर्दछ ।

८) बेसार : तरकारी पकाउदा प्रयोग हुने बेसारमा एन्टी अक्शीडेन्टले पेट , कलेजो र फोक्सोको क्यान्सर हुनबाट बचाउन मद्धत गर्छ ।

Leave A Reply

Your email address will not be published.