mero sathi tv

किड्नी सम्बन्धी समस्यासँग जुधिरहेका दिलीप कुमारलाई धर्मछोरा शाहरुखले हालखबर सोधे, मायाले सुम्सुमाए र निधारमा चुम्बन गरे

९४ बर्षीय बलिउड अभिनेता दिलीप कुमार किड्नी सम्बन्धी समस्यासँग जुधिरहेका बेला उनका धर्म छोरा शाहरुख उनलाई भेट्न पुगेका छन् । दिलीपकुमार महानायक अमिताभ बच्चनका समेत आदर्श हुन्।

दिलीप कुमारलाई बलिउडमा वरिष्ठ अभिनेता(अभिनेत्री देखि भर्खरै फिल्मी क्षेत्रमा प्रवेश गरेका सबैले सम्मान गर्छन्। मंगलबार शाहरुख खान दिलीपकुमारको हालखबर बुझ्न दिलीपकुमारको घरमा पुगे।दिलीप र शाहरुख खानको भेटघाटको फोटो मंगलबार राती सायरा बानोले दिलीपकुमारको ट्वीटर एकाउन्टबाट सार्वजानिक भएपछि उक्त तस्विरले अहिले भाइरल रुप धारण गरेको छ ।  सो अवसरमा शाहरुख खानले दिलीपकुमारको हालखबर सोधे,उनलाई मायाले सुम्सुमाए र निधारमा चुम्बन समेत गरे र अन्तत तस्विर समेत खिचाए । जुन तस्विर मायाले भरीएको छ ।

Leave A Reply

Your email address will not be published.