mero sathi tv

हलिउडमा पनि प्रियंका भइन् रंगभेदको शिकार, काली भएकै कारण भोग्नुपर्यो यस्तो ठूलो समस्या

बलिउडबाट हलिउडमा छलाङ मारेकी अभिनेत्री प्रियंका चोपडाले पनि आफू रंगभेदको सिकार बनेको खुलासा गरेकी पूर्व विश्व् सुन्दरी तथा चर्चित नायिका प्रियंका चोपडाले आफू रंगभेदको सिकार बनेको रहस्य खोलेकी छिन् । हालैको एक अन्त्रवार्तामा प्रियंकाले आँफु केही काली भएको र रंगको आधारमा भएको भेदभावकै कारण आफ्नो हातबाट एक हलिउड फिल्म फुत्किएको खुलासा गरेकी हुन् ।

फिल्मको सुटिङका लागि बेला हलिउडको एउटा स्टुडियोले मेरो मेनेजरसँग कुरा गरेको र उक्त चलचित्रको निर्माण यूनिटले स्टुडियोले मेरो अनुहार देखाउँदै फिल्मका लागि उपयुक्त नभएको बताएको रहेछ,’ उनले रहस्य खोलीन् ।

अन्तरवार्तामा प्रियंकाले महिला र पुरुष कलाकारबीच असमान पारिश्रमिकको विषय पनि उठाएकी छिन् । प्रियंका नयाँ हलिउड फिल्म ‘अ किड लाइक जैक’मा जिम पार्सन्स र ओक्टैविया स्पेन्सरसँग देखिँदैछिन् ।

Leave A Reply

Your email address will not be published.