mero sathi tv

आमिर खानका कारण एकाएक चर्चाको शिखरमा पुगेकी सिक्रेट सुपरस्टारकी फुच्ची हिरोइनले आमिरलाई नै नगनेपछि

दंगल फिल्मबाट एकाएक चर्चामा आएकी कलाकार हुन् जायरा वसीम । जायरा वसीमले निकै कम चलचित्रमा काम गरे पनि उनले आमिरकै अर्को फिल्म सिक्रेट सुपरस्टारमा अभिनय गरेसँगै राष्ट्रपतिबाट राष्ट्रिय बाल पुरस्कार समेत पाइन् । उनै जायराले एक भारतीय पत्रिकासँग कुरा गर्दै आफ्नो जीवनका केही रहस्यहरु खोल्दै भनेकी छिन् म घरपालुवा जनावरबिना बाँच्न सक्दिन ।  उक्त अन्तरवार्तामा जायरा वसीमले आँफुसँग तीन बिराला भएको बताइन् । भारतीय चर्चित पत्रिका दैनिक भास्करसँग कुरा गर्दै उनले सिक्रेट सुपरस्टार फिल्म उनले दंगलमा काम गर्नुभन्दा पहिल्यै पाएको बताइन् । संसारमा सबैभन्दा अहम व्यक्ति कसलाई मान्छिन् त रु यो प्रश्नको जवाफमा उनले यसको क्रेडिट कसैलाई दिइनन् ।

भनिन् ‘मानिसको जीवन कुनै एक व्यक्तिका कारण पूरै प्रभावित हुँदैन । धेरै मानिसहरु छन् जसले जीवनलाई अहम बनाउँछन् ।’ तर उनले जे भनेपनि जायरा वसीमलाई आजको स्थानसम्म ल्याउने काम केवल आमिर खानले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.