mero sathi tv

बन्दाकोबीको यि फाइदाहरु तपाईहरुलाई थाहा नहुनसक्छ

बन्दाकोबीलाई भान्सामा तरकारीको रुपमा प्रयोग गरिने गरिन्छ । बन्दाकोबीलाई म:म बनाउनको लागी बडी प्रयोग गरिएको पाइन्छ । बन्दाकोबी पतैपातले घेरिएको गोलो र डल्लो आकारको हुन्छ । यो तरकारी वर्षभरी नै सजिलैसँग पाइन्छ । यसको प्रयोग बडी मात्रामा हुने भएपनि मानिसलाई यसले के के फाइदा पुर्याउछ भन्नेकुराको त्यति ज्ञान छैन ।

बन्दाकोबीले पुर्याउने विभिन्न फाइदाहरु यस प्रकार छन् :

१) भिटामिन सी : बन्दाकोबीमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । भिटामिन सीको कमीले गिजाबाट खुन आउने र गिजा सुनिने जस्ता समस्या आउने गर्दछ । त्यसैले बन्दाकोबीको प्रयोगले यस्ता समस्याबाट बच्न सकिन्छ। बन्दाकोबीले हाम्रो शरीरमा भिटामिन सीको कमि हुन दिदैन।

२) सल्फर : सल्फर भनेको यस्तो तत्व हो जसले हामीलाई विभिन्न संक्रमणहरुबाट बचाउने काम गर्छ । यदी हाम्रो शरीरमा सल्फरको मात्रा कमि भयो भने रोगहरुले सजिलै आक्रमण गर्न सक्छन् । बन्दाकोबीमा सल्फरको मात्रा बडी हुने गर्दछ । त्यसैले बन्दाकोबी खानाले हाम्रो शरीरमा सल्फरको मात्रा कम हुदैन र विभिन्न संक्रमणबाट बचाइराख्छ ।

३) क्यान्सरबाट बचाउँछ : बन्दाकोबीमा खास प्रकारको एन्टीअक्शीडेन्ट हुने गर्दछ । यसले हाम्रो शरीरमा पाइने अनावस्यक रयाडीकललाई हटाउने गर्छ जसले क्यान्सर हुनबाट बचाउँछ । बन्दाकोबीमा विभिन्न एन्टी क्यान्सर तत्व जस्तै लुपिवोल , सिनिग्रिन , सल्फोरेफेन पाइन्छ जसले शरीरमा अनावस्यक मासु पलाउन दिदैन ।

४) आँखालाई फाइदा : बुढो हुदैं जान थाले पछी आँखाले कम देख्न थाल्छ । बन्दाकोबीले आँखाको द्रिष्टीकोण बढाउने काम गर्छ । यसमा पाइने बिटा क्यारोटिनले आँखा कम्जोर हुन बाट बचाउँछ ।

५) तौल घाटाउँछ : बन्दाकोबीमा शरीरलाई चाइने प्रसस्त भिटामिन र मिनेरल्स पाइन्छ जसले गर्दा भोक अलिक कम लाग्ने गर्छ । यसले खानामा कमि ल्याउछ र तौल घटाउँछ । बन्दाकोबीको जुस बनाएर खाने गरेमा मोटा मान्छेलाई धेरै फाइदा पुर्याउछ।

६) दिमागलाई स्वास्थ्य राख्छ : बन्दाकोबीमा पाइने भिटामिन के र एन्थोसियानिनले हाम्रो दिमागलाई स्वस्थ राख्न मद्धत पुर्याउछ । बिर्सिने समस्याले सताएको छ भने बन्दाकोबीको सेवन निकै लाभदायक हुने गर्दछ।

७) हड्डी दह्रो पार्छ : बन्दाकोबीमा पाइने क्याल्सियम , म्याग्नेसियम र पोटासियमले हाम्रो शरीरको हड्डीलाई दह्रो बनाउनुको साथै स्वास्थ्य राख्ने काम गर्छ ।

८) रक्तचाप सन्तुलन : बन्दाकोबीमा पाइने पोटासियमले नशाहरु सफा गर्ने काम गर्छ जसले रगत संचालनमा मद्धत गर्छ । यसले शरीरमा रक्तचाप सन्तुलनमा रही राख्छ ।

Leave A Reply

Your email address will not be published.