mero sathi tv

ख्याल गर्नुहोस बच्चालाई यि कारणले पेट दुख्ने गर्दछ

बच्चाहरुलाई सबैभन्दा बडी सताउने समस्या पेट दुख्नु हो । सरसफाई र खानामा राम्ररी ध्यान नदिंदा पेट दुख्ने गर्छ । बच्चाहरुले आफ्नो ख्याल आफै गर्न सक्दैनन् त्यसैले अभिभावकले बच्चाहरुको सरसफाईमा बडी ध्यान दिने गर्नुपर्छ । बच्चाको पेट के कारणले दुखेको भन्ने कुरा थाहा नपाईकन कुनै प्रकारको दबाइ खाना दिन हुदैन ।

बच्चाहरुलाई पेट दुख्नुको विभिन्न कारणहरु यस्ता छन् :

१) डाइरिया : बच्चाको पेटको समस्यामध्ये भाइरल डाइरिया सबैभन्दा बढी देखिन्छ । बच्चालाई हुने पखालामध्ये बढीजसो विभिन्न जीवाणूका कारण हुन्छ । त्यसमध्ये रोटाभाइरसबाट हुने पखाला सबैभन्दा बढी देखिन्छ । यो भाइरसका कारण सुरुमा बान्ता हुने र केही घण्टामा पखाला लाग्ने हुन्छ । अहिले नेपालमा रोटाभाइरसको भ्याक्सिन पनि पाइन्छ ।

२) हेपाटाइटिस ए : बच्चामा देखिने अर्को साझा समस्या हो, हेपाटाइटिस ए । हेपाटाइटिस बी रगतबाट सर्छ भने ए चाहिँ पानीबाट सर्ने रोग हो । वर्षायाममा पानी प्रदुषित हुने भएकाले बच्चाहरुमा जन्डिस हुन्छ । हेपाटाइटिसले एक्यूट लिभर फेलियर गर्ने भएकाले अभिभावक सचेत हुन जरुरी छ ।

३) कब्जियतको समस्या : बच्चाले पानी कम मात्रामा पिउने गर्छन् जसले गर्दा उनीहरुलाई कब्जियतको समस्याले सताही रहेको हुन्छ र पेट दुख्ने गर्छ ।

४) ग्यास्ट्रिक : अचेलका बच्चाहरु घरमा बनाएको खानेकुरा भन्दा बाहिरी खानेकुराहरु बडीमात्रामा खाने गर्छन् । प्राय बच्चा खेल्नको ध्यानले गर्दा समयमा खाना खाने गर्दैनन् जसले गर्दा पेटमा ग्यास भरिने गर्छ र ग्यास्ट्रिकको समस्या हुने गर्दछ । यसले गर्दा बच्चाको पेट धेरै दुख्ने गर्छ ।

५) क्रोनिक समस्या : बच्चाहरुको पेट विभिन्न क्रोनिक समस्याले गर्दा पनि दुख्ने गर्छ । । लगातार पेट फुल्ने र अमिलो डकार आउने समस्या धेरै बच्चामा देखिन्छ । खानपान र त्यसमा पनि खासगरी जंकफुड र कोल्ड ड्रिङ्सका कारण बच्चामा यस्तो समस्या देखिन्छ ।

६) भाइरसको संक्रमण : भाइरसका कारण बच्चामा रुघासँगै पखाला लाग्छ । बच्चालाई जुन भाइरसले रुघा ल्याएको छ, त्यही भाइरसले पेटमा पनि संक्रमण गरेर पखाला गराउँछ । यसले गर्दा बच्चाको पेट दुख्नुको साथै बच्चा कम्जोर हुदै जान्छन् ।

Leave A Reply

Your email address will not be published.