mero sathi tv

पोखराको चरक मेमोरियल अस्पतालको सिसा फोडेर हाम फालेका गुरुङको मृत्यु

पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाईते भएका उनको मृत्यु भएको छ ।

लम्जुङ घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ बिहीबार तिन तलामाथी रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.