mero sathi tv

धर्मगुरु श्रीनिवासाचार्यलाई अभिनेत्री मनीषा कोइरालाले भेटेकी छिन्

केहीदिन अघी राती सौचालय जानलाग्द गोली हानी घाईते भएका धर्मगुरु श्रीनिवासाचार्यलाई अभिनेत्री मनीषा कोइरालाले भेटेकी छिन् ।

उपचार गराईरहेका धर्मगुरु निवासचार्यलाई कोइरालाले बिहिबार भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । गुरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

अभिनेत्री कोइरालासँगै उनका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला श्रीनिवासाचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । अभिनेत्री कोईरलाले निवासाचार्यमाथि गोली प्रहार भएको घटनाले आफू अत्यन्तै दुखित भएको उल्लेख गर्दै घटनाका दोषी पत्ता लगाएर शिघ्र कारबाही गर्नसमेत माग गरेकी छन्।

आइतबार उक्त अस्पतालमा भर्ना गरिएका धर्मगुरु निवासाचार्यको अझै उपचार चलिरहेको छ। उनलाई आइतबार बिहान गोली हानिएको थियो।

Leave A Reply

Your email address will not be published.