mero sathi tv

आलिया रुदा चौतर्फी प्रसम्सा

छोटो समयमा निक्कै चर्चा बटुलेकी बलिउड अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ‘राजी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा दमदार देखिएकी आलिया एक भारतीय जासुसको भूमिकामा छिन् ।

आलियाको पतिको भूमिकामा विक्की कौसलले अभिनय गरेका छन् । ट्रेलरमा धेरै इमोसनल सिन पनि राखिएको छ । जहाँ आलिया नराम्रोसँग रोएको देख्न सकिन्छ । ट्रेलर रिलिज पश्चात आलियाको अभिनयको चर्चा सुरु भैसकेको छ ।

मेघना गुल्जार निर्देशित सिनेमालाई करण जोहर, विनीत जेन, हिरू यास जोहर र अपूर्भ मेहताले निर्माण गरेका हुन् । यस चलचित्र मे ११ मा रिलिज हुदैछ ।

Leave A Reply

Your email address will not be published.