mero sathi tv

बाँसको तामा मन पर्छ ? यस्ता छन् तामा खानुका अनगिन्ती फाइदाहरू (भिडियो)

बाँस अचम्मको उद्भिद हो। वनस्पति शास्त्रले यसलाई घाँसको प्रजातिमा गाभेको छ। तर स्वास्थ्यवर्धक घाँसहरूको चर्चा गर्ने हो भने बाँसलाई घाँसको राजा’ भन्ने गरिन्छ।

घाँसको राजा बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ। एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौँ। धेरै प्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौँ, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ।

त्यस्ता बाँसको तामा खाने गर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं। ठूला बाँसको तामा भन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ।

तामा एउटा स्वास्थ्यकर, पूर्ण र गुणकारी सब्जी हो। मामा भिटामिन बी, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

आउनुहोस् जानौँ तामाका फाइदाहरू के के हुन्।

यसमा प्रोटिनमात्र भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ।

तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ।

फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायिक हुन्छ।

यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ।

उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो।

पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ।

यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन।

यो मुटुको निम्ति मैत्रीखाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।

यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ।

तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ।

तामाले पिसाबघरका कतिपय समस्याहरूलाई पनि निको पार्न औषधिको काम गदर्छ।

तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ।

झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औ्षधीको काम गर्दछ।

र अनत्यमा यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन सोझो अर्थमा ओजन कम गर्नमा ठूलो सहयोग पुर्‍याउँछ।

 

Leave A Reply

Your email address will not be published.