mero sathi tv

यसरी छायाँङ्कन गरिएको थियो ‘कार्टुन्ज क्रु’को गीत ‘रेली माई’ (भिडियो)

नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको ‘रेली माई’ बोलको गीत रिलिज भएको २४ घण्टा नबित्दै यूट्यूबको नेपालको ट्रेन्डिङको पहिलो नम्बरमा पुग्यो। अघिल्लो बिहीबार युट्युबमा राखिएको भिडियो एक हप्तामै ११ लाख भन्दा पटक हेरिसकिएको छ। गीत अहिले पनि युट्युबको नेपालको ट्रेन्डिङको ४ नम्बरमा छ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकारीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरू सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र विकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् ।

तल प्रस्तुत भिडियोमा हेर्नुस् कसरी खिचिएको थियो उक्त चर्चित गीत।

Leave A Reply

Your email address will not be published.