Loading...
Home / समाचार / प्रेम विवाह गर्दा यतिसम्म भयानक सजाय

प्रेम विवाह गर्दा यतिसम्म भयानक सजाय 0

प्रेम विवाह गर्ने यो जोडीले आफूहरुले प्रेम गरेको सजाय यतिसम्म भयानक हुन्छ भन्ने सोचेका पनि थिएनन् होला । प्रेमविवाह गरेपछि यो जोडीले निकै निर्मम सजायको सामना गर्नु परेको छ । अहिले यो जोडीलाई गाउँलेले गाउँ छोडेर जाने धम्की दिएका छन् । यदि गाउँ छोडेर नगए पेट्रोल खन्याएर जलाइदिने बताएका छन् ।

यतिमात्र होइन, युवतीका माइतीले उनलाई कुकुरले टोकाइदिए र उनका श्रीमान्लाई तिहार देख्न नदिने (तिहारअगाडि नै मारिदिने) धम्की दिएका छन् । भारतको बिहार बैतुल जिल्लाकी छाया नामकी ती युवतीका अनुसार उनले ६ जूनका दिन गाउँकै मनोज यादव नामका युवकसँग प्रेमविवाह गरेकी थिइन् । गत मंगलबार उनीहरु गाउँ फर्केर आउँदा माइती पक्षका मनोजको घरमा आए र दुवैलाई कुटपिट गरे । मनोजलाई जबरजस्ती गाडीमा बसालेर कहीँ लैजान लागे र उनलाई कुकुरले टोकाइदिए । अनि दुवैलाई तत्काल गाउँ छोडेर जान धम्की दिँदै नगए पेट्रोल खन्याएर आगो लगाइदिने धम्की दिए । यो जोडीले जीवन रक्षाको लागि प्रहरीमा निवेदन दिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites