Loading...
Home / भिडिओ / “तेस्रोलिंगी पनि मान्छे नै हुन् हामी कुनै मंगल ग्रहबाट झरेको होइनौ, हामीलाई पनि समान व्यवहार गर्नुहोस”: रुकसना कपाली(भिडियो )

“तेस्रोलिंगी पनि मान्छे नै हुन् हामी कुनै मंगल ग्रहबाट झरेको होइनौ, हामीलाई पनि समान व्यवहार गर्नुहोस”: रुकसना कपाली(भिडियो ) 0

सानै देखि छोरीको जस्तै व्यवहार गर्ने रुक्सना कपाली जन्मिदा छोराको रुपमा जन्मिएता पनि उनले अंग प्रत्यारोपण गरेर छोरी बनेकी छिन्। नेपालमा हतपत नसुनिएको यस्तो कार्यलाई कपाली परिवारले सामान्य रुपमा लिएका छन्।

परिवारले साथ दिएता पनि छरछिमेक र आफन्तहरुले छिछी दुरदुर गर्ने, पिटेर राख्ने सल्लाह दिने, थुनेर राख भन्ने पनि नगरेका होइनन तर उनले सधै नै परिवारको साथ सहयोग पाई नै राखिन। त्यसैले उनि निर्धक्कसँग समाजमा खुलेर बाचेको र अरुले पछाडी कुरा काटेपनि आफुले मतलब नगरेको बताउछिन।

बिद्यालयमा उनका प्राध्यापकले समेत नराम्रो ब्यबहार गर्ने र साथीहरुले गिज्जाउने गर्दथे, उनले दुखेसो पोखिन। आफु छोरीको रुपमा बिद्यालय जान रुचाउने तर बिद्यालयका प्राध्यापकले बिद्यालयबाट निस्काशन गर्ने दबाबले गर्दा छोराकै रुपमा बिधार्थी जीवन व्यतित गरेको उनको भनाइ छ। अहिले त्यस्तो केहि अप्ठेरो नभएको र आफु छोरीको रुपमा सबैले स्वीकार्य भएकोमा उनी एकदम खुसि छिन्।

हाल निल हिरा समाजमा संलग्न रहेर उनी आफ्नै समूहकालाई प्रोत्साहन दिने खालको “पहिचान” नामक कार्यक्रम चलाउछिन् र सबैको मनोबल बढाउछिन्। उनि भन्छिन ” तेस्रोलिंगी पनि मान्छे नै हुन् हामी कुनै मंगल ग्रहबाट झरेको होइनौ, हामीलाई पनि समान व्यवहार गर्नुहोस।”

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites