७ दिन सम्म फुलचोकीको सेतो तगेरोको खाल्डोमा यसरी बाँच्न सफल भए जोन तामाङ….

७ दिन सम्म फुलचोकीको सेतो तगेरोको खाल्डोमा यसरी बाँच्न सफल भए जोन तामाङ….

फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् ।उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए। सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। ‘म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,’ सिलवालले भने।ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए। सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्।ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङलाई आज हराएकै स्थान फुलचोकीको सेतो तगेरोको खाल्डोमा नेपाल आर्मीले फेला परेको हो।बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई नेपाल आर्मीको टोलीले उनलाई उद्धार गरेको हो। ७ दिनदेखि हराएका तामाङको तिब्र रुपमा खोजि कार्य भै रहेको थियो। प्रिन्सिपलको लापरवाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमालिएकाे थियाे। हाइकिङका लागि फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिएका छन् । ललितपुरको धसिखेलको अजय शिक्षा सदनमा अध्ययन गर्ने १७ वर्षीय विद्यार्थी जोन तामाङ ६ दिनपछि फूलचोकीको जंगलमा सकुशल भेटिएका हुन् । अहिले उनको उद्दार गर्न प्रहरी र अभिभावकको टोली त्यसतर्फ गएको छ । अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले अहिले जोनलाई लिन प्रहरीसहितको टोली त्यसतर्फ गएको अनलाइनखबरलाई बताए । ‘जंगलमा झोक्राइरहेको अवस्थामा विद्यार्थी फेला पारिएको सूचना आएपछि हामी त्यसतर्फ जाादैछौं’, उनले भने । उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो । गत बिहीबार विद्यालयका प्रिन्सीपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *