शिक्षकको लापरबाही हो या आफै हराए बालक फूलचोकीमा, ६ दिनसम्म पनि जिवितै जंगलमा ! पढ्नुहोस

शिक्षकको लापरबाही हो या आफै हराए बालक फूलचोकीमा, ६ दिनसम्म पनि जिवितै जंगलमा ! पढ्नुहोस

ललितपुरको थसीखेलमा रहेको अजय शिक्षा सदनबाट फुलचोकी हाइकिङ जाने क्रममा हराएका बिद्यार्थी ६ दिनपछी जंगलमा भेटिएका छन् । सो बिद्यालयका १७ बर्षका बिद्यार्थी जोन तामाङ हराएका थिए । छ दिनदेखि सुरक्षाकर्मीले खोजी गर्ने क्रममा उनी भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । ललितपुर प्रहरी प्रमुख, एसएसपी गणेश ऐरले भने–‘जंगलमा एउटा बालक भेटिएको भन्ने सुचना आएपछि अहिले डिएसी बिनोद सिलवाल सहितको टोली त्यसतर्फ गएको छ । हराएका बालक उनी हुन वा अरु भन्ने कुरा बालक भेटाउने टोलीसँग भेट भएपछि मात्र थाहा हुन्छ ।’ उनलाई खोजी गरिरहेको टोलीले भेटेपछि उनलाई लिन प्रहरी, शिक्षक र अविभावकको टोली सो स्थलतर्फ लागेका छन् । ६ दिन अघि शिक्षक सहित ११ बिद्यार्थी हाइकिङका लागि फुल्चोकी गएका थिए । फर्कने क्रममा जोन हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *