Loading...
Home / समाचार / बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ? जानी राख्नुहोस्

बच्चाले सिक्का वा गुच्चा निलेमा के गर्ने ? जानी राख्नुहोस् 0

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारितो बस्तु भएमा तुरुन्त निकाल्नुपर्ने हुन्छ । तर सिक्का आन्द्रामा पुगिसकेको भए जोखिम कम हुँदै जान्छ । सबैभन्दा खतरा भनेको बालबालिकाले ब्याट्रीहरू निल्नु हो । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने हुनसक्छ । ब्याट्री निलेमा सकेसम्म ४ घण्टाभित्र निकाल्ने प्रयास गर्नुपर्छ । कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छ । त्यसको सामान्य असरस्वरुप बान्ता हुनसक्छ । तर अन्य असर नदेखिने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites