Loading...
Home / समाचार / ऋचाको ’सुपर गोर्खे’ अब बैशाख ७ मा

ऋचाको ’सुपर गोर्खे’ अब बैशाख ७ मा 0

चलचित्र ‘सुपर गोर्खे’ वर्ष २०७५ को बैशाख ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्र यही वर्षको माघमा रिलिज गर्ने भनिएतापनि विविध कारण गर्दा प्रदर्शन मिति सारिएको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले बताईन् । अबिर हाउस प्रोडक्सन प्रा.लिको प्रस्तुति रहेको ‘सुपर गोर्खे’ का निर्देशक राज थापा हुन ।

चलचित्रमा ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन, राज थापाको कथा रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध, तारा प्रकाश लिम्बु र शालिक दुलालको संगित रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites