Loading...
Home / समाचार / बालिका बलात्कार गर्नेलाई १० वर्ष जेल

बालिका बलात्कार गर्नेलाई १० वर्ष जेल 0

महोत्तरी जिल्ला अदालतले ३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवकलाई १० वर्ष जेल सजाय सुनाएको छ ।

 

जिल्लाका प्रमुख न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले गौशला नगरपालिका–२ का १९ वर्षीय कुमार भुजेललाई १० बर्ष कैद सजाय सुनाएको हो ।

भुजेलले १६ कात्तिक २०७३ मा गौशलामा बालिकालाई बलात्कार गरेका थिए ।

गाउँकै बालिकालाई ललाईफकाई जवरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यालय गौशलाले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले ०७३ मंसिर १२ गते जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो । अदालतले अभियुक्त भुजेलसँग सम्पत्ति नरहेको भन्दै बालिकालाई ५० हजार रुपैयाँ राज्यबाट क्षतिपूर्ति दिन पनि भनेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites