Loading...
Home / समाचार / कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ? जानी राखौं

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ? जानी राखौं 0

डा. शेरबहादुर पुन -२०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको संक्रमण देखियो । पूर्वी तराईको भ्रमणबाट फर्केका उनलाई लामखुट्टेले टोकेको अनुमान गर्न सकिन्छ ।

लामखुट्टे सामान्यतया मनसुन लगतै देखिने गरेता पनि नेपालको खासगरी तराईतिर लगभग बाह्रै महिना देखिने गर्छ । नेपालमा वर्षेनी लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप देखिने, वेस्टनाईल भाइरस देखा परिसकेको अवस्था छ । चिकनगुनिया बढ्दो क्रममा देखिंदै गएको र जिका भाइरसको सम्भावना अति प्रबल (जाँच नियमित नहुने भएकोले आधारभूत स्थिति थाहा नभएको) भएकोले कस्ता व्यक्ति बढी जोखिममा हुन्छन् र त्यस्ता व्यक्तिले लामखुट्टेको टोकाईबाट बच्ने सावधानीहरु अपनाय लामखुट्टेबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ ।

अमेरिकन लामखुट्टे नियन्त्रण संघ, बिभिन्न स्वास्थ तथा कीटजन्य अनुसन्धान जर्नलहरुमा प्रकाशित लेखहरूका अनुसार यी मानिसहरुप्रति लामखुट्टे बढी आकर्षित हुने गर्छन् ।

१. ओ (o) ब्लड ग्रुप भएको मानिसप्रति बढी आकर्षित हुन्छन् । चाखलाग्दो कुरा त, हाम्रो शरीरबाट हरेक ब्लड ग्रुरुप को छुट्टाछुटै तरंग निकाल्ने गर्दछ । २. कार्बोनडाईअक्साइड बढी निकाल्ने व्यक्तिप्रति लामखुट्टे बढी आकर्षित हुन्छन् । बढी मात्रामा बयस्क तथा गर्भवती महिलाबाट कार्बोनडाईअक्साइड निक्लने भएकोले बच्चाहरु भन्दा ती वर्गका मानिसहरुलाई बढी लामखुट्टेले टोक्ने गर्दछ । ३. बढी पसिना निकल्ने वा निकाल्ने व्यक्तिलाई लामखुट्टे बढी टोक्ने गर्छ ।

ल्याक्टित एसिड, युरिक एसिड, एमोनिया जस्ता रसायनहरु पसिनामा हुने भएकोले लामखुट्टे बढी आकर्षित हुने गरेको हो । ४. छालामा कोलेस्ट्रोल बढी भएमा लामखुट्टेले बढी टोक्ने गर्छ । छालामा कोलेस्ट्रोल हुने भन्नाले शरीरमा बढी भएर भएको नभई शरीरले बढी कोलेस्ट्रोल प्रोसेसिङ्ग गर्दा छालामा रहन गएको हो ।

५. जाँडरक्सी खाने मानिसमा पनि लामखुट्टे आकर्षित हुने गरेको छ । कारणहरु जे भएता पनि लामखुट्टेको लागि उपयुक्त हुने वातावरण नै हामीले सिर्जना नगरी दिए लामखुट्टेजन्य ईमर्जिंग सरुवा रोगबाट बच्न सकिनेमा भने दुइ मत छैन ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites