Loading...
Home / समाचार / राम चौध बर्ष वनवास गएपछि भाई भरतले अयोध्याको राजा हुन अस्वीकार गरे

राम चौध बर्ष वनवास गएपछि भाई भरतले अयोध्याको राजा हुन अस्वीकार गरे 0

राम अयोध्याका राजा दशरथ र रानी कौशल्याका जेठा पुत्र थिए।सिता उनकी पत्नी (लक्ष्मीको अवतार) थिइन्।रामका भाइहरु लक्ष्मण (शेषनागको अवतार) भरत र शत्रघ्न थिए।

रामका सबैभन्दा ठूलो भक्तका रुपमा हनुमानलाई मानिन्छ।हनुमान वायुपुत्र हुन्।धर्तीको अन्त्य नहुन्जेल सम्म हनुमान यसै धर्तीमा रहनेछन् भन्ने धार्मिक मान्यता छ।

रामले राक्षस जातिका अत्याचारी राजा रावणको वध गरेका थिए।

रामको प्रतिष्ठा मर्यादा पुरुषोत्तमको रुपमा छ।मर्यादाको लागी रामले आफ्नो राज्य,मित्र,माता-पिता र आफ्नी पत्नी सितालाई समेत त्यागेका थिए।

रामको जन्म रघुकुलमा भएको थियो।रघुकुलको परम्परा ‘प्राण जाओस् तर बचन नजाओस्’ भन्नेमा अडेको थियो।

रामका पिता दशरथले आफ्नी कान्छि पत्नी कैकयीसँग उनको कुनैपनी इच्छा पुरा गरिदिने वचन दिएका थिए। एकदिन कैकयीले मन्थरा नाम गरेकी दासीको बहकावमा आएर भरतलाई अयोध्याको राजा र रामलाई चौध बर्ष वनवास पठाउन दशरथसँग वचन मागिन्।दशरथले पहिल्यै कैकयीलाई उनको हरेक इच्छा पुरा गरिदिने बचन दिइसकेका हुनाले भित्रि मनले नमाने पनि रामलाई चौध बर्ष वनवास र भरतलाई राजा बनाउने निर्णय सुनाए। रामले पिताको वचनको लागी सहर्ष चौध बर्ष वनवास स्वीकार गरे।

सीताले आदर्श पत्नीको उदाहरण दिदैँ रामसँगै वनवास गइन् भने सौतेनी भाई लक्ष्मण पनि रामसँगै चौध बर्ष वनवास गए।राम,सिता र लक्ष्मण वनवास गएपछि चिन्ताले दशरथको मृत्यु भयो।

राम वनवास गएको समयमा भरत मामाघर गएका थिए फर्केर अयोध्या आउँदा आफ्ना दाई वनवास गएको थाहा पाएर निकै दुखी भए। भरतले आफ्ना दाई रामलाई धेरै माया गर्थे र उनले दाइलाई वनवास पठाएर त्यसको सट्टामा प्राप्त भएको राज सिंहसान स्वीकार गरेनन्।

भरत दाई रामलाई फर्काउन वनवास गए तर रामले पित्री वचन पुरा नगरेसम्म अयोध्या नफर्केने अडान लिए। गुरु वशिष्ठले भरतलाई राम साधारण मानिस नभई विष्णुको अवतार भएको र यो चौध बर्षको वनवासको अवधिमा धेरै काम गर्नु छ भनेर सम्झाएपछि भरत अयोध्या फर्किन तयार भए।भरतले दाई रामको पूजाको निमित्त एकजोडी खराउ लिएर अयोध्या फर्के।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites