Loading...
Home / भिडिओ / पोखराका मान्छे निल्ने नाली: मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको छैन अत्तोपत्तो !

पोखराका मान्छे निल्ने नाली: मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको छैन अत्तोपत्तो ! 0

पोखरा । पानी निकासको लागि सडक छेउमा बनाइएका नाली नै नागरिकको काल सावित भएका छन् । डेढ वर्षयता नालीमै परेर पोखरामा ५ जनाले ज्यान गुमाएका छन् । सडक छेउमा रहेको ढल र नालीको उचित व्यवस्थापन नहुँदा मोटरसाइकल चालक र पैदल यात्रु असुरक्षित रहेको स्थानीय बताउँछन् ।

कात्तिक ४ गते भाइटीकाको दिन लामाचौरमा नालीमा परी १ युवा वेपत्ता भए । ग१३प ३११० नम्बरको बाइक अनियन्त्रित भएर नालीमा पर्दा बाइक चालक पिजन पुन बेपत्ता भएका हुन् । पोखरा–१९ का पुन अझै फेला परेका छैनन् । उनले चलाएको मोटरसाइकलपछाडि बसेका श्रवण पुर्जा भने घाइते भएका छन् । थप भिडियोमा 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites