Loading...
Home / समाचार / वर्षौदेखि भाँडा आँफैले माझ्दै आएको बताउने गायक बद्री पंगेनी भन्छन् ‘श्रीमतीलाई भान्साको काम मैले नै सिकाएँ’

वर्षौदेखि भाँडा आँफैले माझ्दै आएको बताउने गायक बद्री पंगेनी भन्छन् ‘श्रीमतीलाई भान्साको काम मैले नै सिकाएँ’ 0

नेपालको सन्दर्भमा केटा मान्छेहरू भान्सामा कमजोर हुन्छन् । छोरी मान्छे सानैदेखि भान्सामा सक्रिय हुनुपर्ने, तर छोरा मान्छेलाई भान्साको जिम्मेवारी नै नपर्ने नेपालको पुरानै चलन हो ।

बद्री पंगेनी, गायक तर, मेरो सवालमा भने केही फरक छ । सानैदेखि भान्साको काम सिकेँ । स्कुल पढ्दादेखि नै भान्साको सबैजसो काम जानिसकेको थिएँ ।

श्रीमतीलाई परिकार बनाउन सिकाएको मैले नै हो । उनी सानै छँदा भगाएर ल्याएँ । उनलाई खाना तथा परिकार बनाउन आउँदैनथ्यो । मैले नै सिकाएर सबै जानिन् । अहिले त मभन्दा मीठो पकाउँछिन् । मैले सबैभन्दा मीठो पकाउने मासु हो, अहिले त मैलेभन्दा श्रीमतीले नै मीठो पकाउँछिन् ।

त्यसो त अहिले पनि नयाँ–नयाँ परिकार बनाउन निकै रहर लाग्छ । फुर्सद भएपछि भान्सामै सक्रिय हुन मन लाग्छ । मासुका नयाँ–नयाँ परिकार बनाएर समय बिताउँछु । बाहिर कार्यक्रममा हिँड्दा पनि बसेको ठाउँमा मासु बनाउनुपर्‍यो भने म अघि बढिहाल्छु । धेरै कलाकारले मैले पकाएको खानुभएको छ । पाहुना लाग्न जाँदा पनि पछि हट्दिनँ । मासु भनेपछि त होटेलमा समेत पकाउन तम्सिने मान्छे हो । मासु देखेपछि त्यसै पकाऊँ–पकाऊँ लागिहाल्छ ।नयाँ पत्रिकाले छापेको छ ।

घरबाहिर होटेल तथा विदेशमा नयाँ–नयाँ परिकार खाँदा त्यसको स्वाद मीठो लाग्यो भने पकाउने तरिका सिक्न मन लाग्छ । विदेशमा जाँदा सकेसम्म नेपाली खाना खान्नँ । फरक स्वाद नै चाखौँ भन्ने लाग्छ । कोरियन, चाइनिज खाना बढी मन पर्छ । सबैभन्दा मन नपरेको चाहिँ सुडानी खाना हो । माछाका परिकार भने मन परे पनि पकाउन आउँदैन । श्रीमतीलाई पनि आउँदैन ।

भान्सामा खाना पकाउन मात्रै होइन, भाँडा माझ्न पनि अल्छी लाग्दैन । घरबाहिर खाना खाँदा पनि आफूले खाएको भाँडा आँफै माझ्छु । ०५१ सालदेखि यो काम जारी छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites