Loading...
Home / समाचार / अबैध लागुऔषध गाजासहित एक जना पक्राउ

अबैध लागुऔषध गाजासहित एक जना पक्राउ 0

जिल्ला प्रहरी कार्यालय धनुषाले अबैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

क्राइम ब्रान्चको टोलीले जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका-४ भैरव चोकस्थित सहोदर यादवलाई गाँजासहित पक्राउ गरेको हो ।

यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी पाँच किलोग्राम गाँजा बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई आजै जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites