Loading...
Home / समाचार / यसकारण छुट्टिएका थिए श्रीमानसँग यी चर्चित नेपाली महिला सेलिब्रेटीहरु…

यसकारण छुट्टिएका थिए श्रीमानसँग यी चर्चित नेपाली महिला सेलिब्रेटीहरु… 0

अहिले प्रेम, ब्रेकअप, विवाह डिभोर्स सामान्य कुरा बनीसकेको छ । विवाह पछि सम्बन्धमा रहन नचाहेको भन्दै डिभोर्स गर्नेहरुको सङख्या पहिलेको तुलनामा अहिले बढ्दै गएको छ । आम मानिसहरुको डिभोर्सको कुरा सम्बन्धीत ब्यक्तिहरुलाई मात्रै थाहा भएको हुन्छ । तर सेलिब्रेटीहरुको डिभोर्स भने गसीप बनिदिन्छ ।

नेपालका महिला सेलिब्रेटीहरुकै कुरा गर्ने हो भने नायिका प्रियंका कार्की , रेखा थापा, संचीता लुईटेल , अन्जु पन्त पनि डिभोर्सी हुन् । उनीहरुको डिभोर्सका बारेमा धेरैलाई थाहा छ तर उनीहरुले किन डिभोर्स गरे त, त्यस बारेमा भने कमैलाई थाहा होला । आज हामीले केहि महिला सेलिब्रेटीहरुको डिभोर्स हुनुको कारणबारे एक सामाग्री तयार पारेका छौँ ।

रेखा थापा
बिवाह गरेको १० बर्षमा अभिनेत्री रेखा थापा र छबी निर्माता ओझा एकअर्काबाट अलग भए । रेखा थापा र छबीराज ओझाको डिभोर्सको कारण उनीहरुको सन्तानलाई पनि मानियो । छबीले सन्तान चाहेृको र रेखाले आमा बन्न नमानेपछि उनीहरुको सम्बन्ध बिग्रीएका खबरहरु पनि थिए ।

त्यस्तै डिभोर्स हुँदा कतिले रेखाको चरित्रमा माथि औला उठाए भने कतिले छबीलाई बुढी टिकाउन नसक्ने पनि भनेका थिए । तर रेखाले भने आफूले सानो उमेरमा नबुझेर विवाह गरेका कारण, पछि गएर मन नमिलेर, विचार नमिलेर डिभोर्स गरेको बताउँछिन् । डिभोर्स भएपनि आजसम्म पनि उनीहरुको सम्बन्ध राम्रो छ । उनीहरुले एकले अर्कालाई गर्ने सम्मानमा कमी आएको छैन ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की डिभोर्सी हुन् भन्ने कुरा सबैलाई थाहा छ । उनले रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिईन् । तर विवाहपछि गृहणीका रुपमा रहनुपर्छ भनेका कारण प्रियंकाले रोचकलाई छाडीन् । अमेरिकामा गएर फिल्म सम्बन्धी कोर्स गरिरहेकी उनले, अभिनेत्री बन्ने सपनालाई तोडेर गृहणीको पेशा अंगाल्न सकीनन् ।

यहि कारण उनी पतिसँग अलग भएकी हुन् । श्रीमानले धेरै माया गर्दागर्दै पनि करियरलाई मात्र प्राथमिकता दिनु परेको प्रियंकाको भनाई छ । डिभोर्सका बारेमा प्रियंकाले सधै खुलेर कुरा गर्ने गर्छिन् । उनी आफूले एक गृहणीको पेशा नरोजेर स्वतन्त्रता राजेको र अरुलाई पनि आफूले चाहेको काम गर्न सल्लाह दिन्छीन् । उनी अहिले देशकै नम्बर १ नायिकाको रुपमा ब्यस्त छिन् ।

संचीता लुईटेल

अभिनेत्री संचीता लुईटेलको निखिलसँग विवाह हुनुभन्दा पहिले आकाश शाहसँग विवाह भएको थियो । एकअर्काको प्रेममा परेर विवाह गरेको यो जोडी छोटो समयमा नै एक अर्काबाट अलग भयो । उनीहरु एकअर्काबाट अलग हुनुको कारण उनीहरुको परिवारलाई मानिन्छ । किनकी संचिता र आकाशको विवाहबाट उनीहरु दुवै जनाको परिवार खुसी थिएन ।

अन्जु पन्त
श्रीमानसंग लामो समय देखी चलेको असहजताका कारण गायिका अन्जु पन्तले डिभोर्स गरेकी थिईन् । विवाहको दश बर्षपछि उनीहरु एकअर्काबाट अलग भएका हुन् । अन्जु पन्तका श्रीमान मनोजले आफूमाथि गरेको अत्याचार सहन नसकेर आफूले डिभोर्स गरेको अन्जुले बताउँदै आएकी छिन् । डिभोर्स हुनुभन्दा केहि समय अघि पनि मनोजले अन्जुलाई मरोणासन्न हुने गरि पिटेका खबरहरु आएका थिए । त्यस बखत अन्जुको दाँत भाच्चीएका कुराहरु पनि चले ।

मनोजले आफ्नो चरित्रका बारेमा सधै शंका गर्ने गरेका कारण सधै झगडा हुने गरेको अन्जुले बताएकी थिईन् । मनोजले छोरीसमेत मेरी हैन भनेको कुरा अन्जुलाई असह्य भएको थियो । एकपटक अमेरिकाको कार्यक्रममा जाँदा त मनोजले अन्जुलाई कुटेर हातको औला नै भाँचीदिएका थिए रे । यस्ता धेरै अन्याय र अत्याचार सहन नसकेर अन्जुले डिभोर्स गरेकी थिईन् ।

सिम्पल खनाल
अभिनेत्री तथा मोडल सिम्पल खनालले निर्देशक प्रसन्न पौड्यालसँग पहिलो विवाह गरेकी थिईन् । तर उनको पहलिो विवाह भने टिक्न सकेन । प्रसन्न सँग डिभोर्स हुनुको कारण सिम्पलको दुबई बसाईलाई मानिएको छ ।

उनी दुबईमा गएर त्यहाँको डान्स बारमा काम गर्न थालेपछि उनीहरु बिच दुरी बढेको बताईएको थियो । सिम्पलले डान्स बारेमा काम गरेको प्रसन्नलाई मन नपरेपछि सिम्पल र प्रसन्नको डिभोर्स भएको बताईएको छ । सिम्पलले अहिले दोस्रो विवाह गरिसकेकी छिन् । नयाँबाटोबाट

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites