Loading...
Home / समाचार / अन्माएर पठाएको ५ घण्टा नबित्दै बेहुलीले बच्चा पाएपछि…

अन्माएर पठाएको ५ घण्टा नबित्दै बेहुलीले बच्चा पाएपछि… 0

सिरहाको दक्षिणवर्ती सुखीपुर नगरपालिका ४ पोखरीया गाउँका राजकुमार मोचीको शुक्रबार नै साइत जुर्‍यो। विवाहका लागि आफन्तजन, पाहुना, निम्तालु र जन्ति लिएर छिमेकी गाउँ पुगे।

सामाजिक परम्पराअनुसार विवाह सम्पन्न भयो।  बेहुली लिएर शुक्रबार साँझ ६ घर फर्किए। यता, विवाहको रौनक थियो। बेहुलीको मुख हेर्नेको भिड थियो। बेहुलीका बारेमा टीकाटिप्पणी भए। शुभकामना दिनेको उपस्थिति पनि त्यतिकै बढ्यो। विवाहको दिनको तामझाम अर्कै थियो। रंगीन वातावरण देखिन्थ्यो त्यहाँ। बेहुली लिएर जन्तीसँगै २१ वर्षीय बेहुला उमेशकुमार राम पनि खुशी देखिन्थे।

बेहुली ल्याएपछि जातीय परम्परा अनुसार भित्र्याउने तयारी गरिरहेकै बेला १९ वर्षीया बेहुली शोभाकुमारी रामले ‘पेट दुख्यो’ भन्न भनिन्।  विवाहमा जम्मा भएका निम्तालु र छिमेकी महिलाहरूले बेहुलीलाई हेर्नथाले। औषधि मूलो गर्न थालेँ। घर ल्याएको एक घण्टा पनि नबित्दै बेहुलीले छोरा जन्माएपछि मोचीको घरमा जम्मा भएका निम्तालु, छिमेकी र आफन्त, बेहुलीसँग साथी आएकाहरु पनि छक्क परे। प्रत्यक्षदर्शी स्थानीय गाउँलेले सुनाए ‘छिमेकी, विवाहका निम्तालुहरुको सल्लाह अनुसार बेहुलीलाई तत्काल माइती घर पठाइयो।’

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites