Loading...
Home / समाचार / त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो

त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो 0

सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।

उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ ।

सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा तीन जना जना बेपत्ता भएका थिए ।

कपिलवस्तुस्थित घरबाट राजधानी फर्कदैं गरेका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए ।
अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।

बिहान पौने ३ बजेतिर बा२ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो ।
जिप खसेको स्थान निकै गहिरो छ।

प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार, नदीको पानी धमिलो भएको कारण उद्दारमा कठिनाइ भएको थियो ।

चालक निरन्जन यादव घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालकलाई स्थानीयले उद्दर गरेका थिए।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites