Loading...
Home / समाचार / एउटा ठेला गाडामा एउटि बुडि आमा सुन्तला बेची रहेकी हुन्थिन एउटा केटा हरदिन त्यही बुडि आमा को ठेलामा सुन्तला किन्ने गर्थ्यो

एउटा ठेला गाडामा एउटि बुडि आमा सुन्तला बेची रहेकी हुन्थिन एउटा केटा हरदिन त्यही बुडि आमा को ठेलामा सुन्तला किन्ने गर्थ्यो 0

सधै किनेको सुन्तला बाट एउटा सुन्तला फोरेर बुडि आमा लाई भन्थ्यो आमा यो एक केश्रो सुन्तला चाख्नुस त कति अमिलो छ बुडि आमा सुन्तला चाखेर भन्थिन मीठो छत बाबू सुन्तला केटो रिसाएर छोडाएको सुन्तला त्यही छोडेर बाकी सुन्तला साफ्नैसाथ लिएर जान्थ्यो।

प्राय जसो त्यो केटा आफ्नी श्रीमतिको साथ सुन्तला किन्न जाने गर्थ्यो एकदिन श्रीमती ले सोधिन हरदिन तपाईं त्यही बुडि आमा को मा सुन्तला किन्नु हुन्छ कहिले पनि मिठोछ सुन्तला भनेर जस दिनु हुन्न जहिले नमिठो भो भनेर एउटा सुन्तला छोडेर आउनु हुन्छ सुन्तला त मीठो हुन्छ तर तपाईं

केटो मिठो मुस्कानका साथ श्रीमती लाई भन्छ

त्यो बुडि आमाले जहिले हरदिन मीठो सुन्तला बेच्नुहुन्छ तर आफू कहिले पनि खानु हुन्न उहाले आफुले खाने हरेक केश्रो सुन्तलामा आफ्ना छोरा नाति को भबिस्य देख्नुहुन्छ त्यहि भएर म रिसाएझै गरेर बुडि आमालाइ सुन्तला खुवाउछु।

एकदिन बुडि आमा सङग सङगै ठेलामा तरकारी बेच्ने एक आईमाई ले सोध्छिन

त्यो सन्का केटो जब सुन्तला किन्छ चाख्छ कहिले मिठो छ भन्दैन र खोलेको सुन्तला सधै छोडेर जान्छ अनि तेसैको लागि सुन्तला जोख्दा तराजुको पल्ला सुन्तला तिरै ढल्काएर बडि सुन्तला दिनुहुन्छ तपाइलाई रिस उठ्दैन?

बूढ़ी आमा ले तरकारी बेच्ने महिला लाई भनिन

पटक्कै रिस उठ्दैन मलाइ झन खुसी लाग्छ उस्ले म बुझ्दिन जस्तो गर्छ उस्ले सधै एउटा सुन्तला छोड्नुको मत्लब मैले खाओस भनेर हो उस्लाइ लाग्छ मैले यो कुरा बुझेकी छैन तर मलाइ सबै थाहाछ। उस्को माया देख्छु अनि थाहा छैन किन सुन्तला राखेको तराजुको पल्ला आफै सुन्तला भएतिर ढल्किन्छ।

**एउटा कुरा निस्चित होकि लुटेर खानेको कहिले पेट भरिदैन र बाडेर खानेको कहिले पेट भोको हुदैन**
“मान्छे जति झुक्न सिक्छ उतिनै माथी उठेको हुन्छ

माथि उठ्न पखेटा पन्छिलाइ चाहिन्छ मानिस लाई हैन”

मन परे shares गर्नु होला

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites